महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता

2081 भाद्र 14 गते
महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता

निसान ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने सम्बन्धमा बैंक र मोटो कर्पबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्ने ग्राहकले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधिका लागि सवारीसाधनको मूल्यको ८० प्रतिशत कर्जा उपलब्ध गराउने छ भने विद्युतीय बाहेक अन्य गाडीमा अधिकतम ८ वर्ष अवधिका लागि मूल्यको ५० प्रतिशत कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।