दुरदर्शी सहकारीको आमा सम्मान र तीज मिलन कार्यक्रम

बुटवल, तीज पर्वको अवसर पारेर दूरदर्शी महिला कृषि सहकारी सस्थाले शुक्रबार तीज मिलन तथा आमा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
सहकारीले ६५ वर्ष पुगेका ७ जना सेयर सदस्य आमाहरुलाई सम्मान गरेको हो । यस्तै सहकारीका सक्रिय महिला स्वावलम्बी समूहलाई पनि सम्मान गरेको छ । ज्येष्ठ सदस्यको सम्मान गर्ने र काम गर्नेलाई थप प्रेरणा दिन सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका उपाध्यक्ष टिका न्यौपानेले सहकारी महिलाहरुको आर्थिक सशक्तिकरणको ठूलो माध्यम भएको बताउनुभयो । उहाले महिलालाई आत्मनिर्भर बनाउन र सशक्तिकरण गर्न सहकारी कोशेढुंगो समेत भएको बताउनुभयो ।
कार्यक्रम सस्थाका अध्यक्ष मीना कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै उहाले तीजलाई सबै दिदीबैनी जुटेर रमाइलो गर्नेसंगै सिर्जनात्मक बनाउन सम्मन कार्यक्रम राखेको बताउनुभयो ।